neapl investment mega bank
  • गृहपृष्ठ
  • कति छ मन्त्रीहरुको सहकारीमा बचत र सेयर !

कति छ मन्त्रीहरुको सहकारीमा बचत र सेयर !

May 21st, 2024

काठमाडौं, जेठ ८

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित २२ जना मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

घरजग्गा, सुनचाँदी, नगद, बैंक तथा वित्तीय संस्थामा सेयर, सवारीसाधन लगायत विवरणका साथै मन्त्रीहरुको ऋण पनि सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री, तीन उपप्रधानमन्त्री, १८ मन्त्री र एक राज्य मन्त्रीमध्ये चार जनाको सहकारीमा समेत सम्पत्ति रहेको छ।

सार्वजनिक भएको विवरणअनुसार नेकपा माओवादीकी सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ रहेको छ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सिनर्जी कोअपरेटिभ लिमिटेडमा १८ लाख ४१ हजार र उनकी श्रीमती सृष्टी सिंहको नाममा २५ लाख रुपैयाँ गरी ४३ लाख ४१ हजार रुपैयाँ रहेको छ।

श्रममन्त्री डोलप्रसाद अर्यालको जनसहकारीमा १ करोड १५ लाख र श्रीमती अम्बिका केसीको सोही सहकारीमा १५ लाख रुपैयाँ रहेको छ।

यसैगरी जनसागर सहकारीमा अर्यालको नाममा १० हजार कित्ता, श्रीमती केसीको नाममा सुवर्णभूमि सहकारी १ हजार कित्ता र संयम सहकारीमा २ हजार कित्ता सेयर रहेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको सिनर्जी बचत तथा श्रण सहकारी लिमिटेडमा ५० लाख र श्रीमती बसुन्धरा पौडेल अधिकारीको सोही सहकारीमा २ लाख रुपैयाँ रहेको छ।