काठमाडौं, जेठ ८
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नागरिकता किर्ते कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति पाएको जिल्ला अदालत स्रोतले जानकारी दियो ।
केही संस्थामा उनको फरक-फरक नागरिकता पेस भएको र अरुको नम्बर मिलेको भन्दै उजुरी परेको बताइएको छ ।