काठमाडौं, जेठ ३
डोटीमा हुरीले एक दर्जन बढी निजि तथा सरकारी संरचनाहरुमा क्षती पुर्याएको छ । बुधबार बेलुकी ५ बजे तिर आएको पानी हावा हुरीले पुर्वीचौकी गाउँपालिका वडा नम्बर २ झिग्रना स्थित खप्तड राष्ट्रिय निकुन्जका २ भवन र स्थानीय बासिन्दा रामबहादुर ठकुल्लाका घरको छाना उडाएर पूर्ण रुपमा क्षती पुर्याएको खप्तड होमस्टेका संञ्चालक दीपकबहादुर खड्काले जानकारी दिनु भयो ।
हावा हुरीसँगै आएको असिनाले स्थानीय बासिन्दाले लगाएको अन्नबाली आलु खेती समेत क्षेति पुगेको खड्काले बताएका छन । साथै हावाहुरिले आदर्शमा गाउपालिका वडा नं. २ साउद काडामा रहेकाे नमादेव माध्यमिक बिद्यालयकाे छाना पनि उडायकाे छ ।
बुधवार आएको हावा हुरिले ५ काेठा काे छना उडाएकाे
विद्यालय का प्रधानाध्यापक केशव ओझाले जानकारी दिए ।
२०२८ सालमा स्थापना भएकाे विद्यालयमा १२ काेठा मध्य ५ काेठा काे छाना उडाएपछी कक्षा ६,७,९ बालविकास र कार्यालयकाे काेठामा क्षति गरेकाे प्रधानाध्यापक ओझाले जानकारी दिए । ४०० विद्यार्थी रहेकाे विद्यालयमा छाना उडाए पछि कक्षा संचालनमा समस्या हुने बताएको छ ।