neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्य बिमाः विरामीलाई सास्ती बोर्डलाई मस्ती– जमुना रेग्मी

स्वास्थ्य बिमाः विरामीलाई सास्ती बोर्डलाई मस्ती– जमुना रेग्मी

May 15th, 2024

आधारमभूमि जेष्ठ २, ललितपुर
नेपाल सरकारको लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रथम स्वास्थ्य सेवा विन्दुका कारण विरामी ज्यादै सास्ती भोग्नु परेको बुझिएको छ ।

यसै साता ललितपुरको दुर्गम पालिकाबाट विरामी आँखाको उपचार गराउन पाटन अस्पतालमा स्वास्थ्य जाँच गराउन ४ घण्टा सम्म लाइन बसी टिकट काट्ने समयमा पाटन अस्पतालले तपाईको प्रथम स्वास्थ्य सेवा विन्दुले पुरानो रोगको मात्र पहिचान भएकोले नयाँ रोग कुनै आँखा सम्बन्धि रोगको सिफारिस नभएकोले फिर्ता पठाई दिएको पाइएको छ ।
बिरामीका अनुसार मैले स्वास्थ्य बिमा बोर्डमा बिमा गर्दा सबै रोगका उपचार गराउन पाइने भएर बिमा गराए । उपचार गर्न जाँदा अस्पतालले फर्काए । यस विषयमा स्वास्थ्य विमा बोर्डकी ओमकुमारी कँडेलले भन्ने नेपाल सरकारले ऐन कानून बनाउदा प्रथम स्वास्थ्य सेवा विन्दु मार्फत स्वास्थ्य बीमा उपचार गर्नुपर्ने भएकोले बोर्डमा उजूरीहरु आएमा सिधै स्वास्थ्य बिमा कार्ड लिएर उपचार गर्ने व्यवस्था मिलाउन पहल गरिने बताइन् ।