neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरमा लागेको आगो नियन्त्रण, एकै परिवारका पाँच जना घाइते

ललितपुरमा लागेको आगो नियन्त्रण, एकै परिवारका पाँच जना घाइते

May 5th, 2024

ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा लागेको आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुर प्रहरीले जानकारी दिएकाे छ । 

आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट घर भएका सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरुको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।