मेरी मायालुको माया लागेर आउँछ
फेरि पनि मनले धेरै कुरा सोचेको हुन्छ
मैले श्रम गर्ने सहर बसेको परिवेश सहज थिएन
परदेशको ठाउँ नसम्झेको पल छैन
गाउँ घर देखि टाढा भए पनि भुलेको छैन
मेरो गाउँ त्यो सानो बस्ती बिर्सेको छैन
कुराकानी गर्न मन छ बोल्न सकिन
मनको सम्झनाका कथा लेख्न सकिन
खुसीलाई सजाएर मनमा राख्न सकिन्छ कि
छिन छिनमा लहरहरू मनमा आउँछ कि
मेरी मायालुको माया लागेर आउँछ
फेरि पनि मनले धेरै कुरा सोचेको हुन्छ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी