काठमाडौं, चैत ८
मार्च २१, २०२४: डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरशिपको घोषणा गर्दछ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ ।
पछिल्लो केही वर्षहरूमा, डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उतकृष्ट नमुना बनेको छ । शीर्षक प्रायोजकको रूपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दछ ।
डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भन्नुहुन्छ, “हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौं । यो साझेदारी मार्फत, हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं ।“
प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित भन्नुहुन्छ “मिस नेपाल २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा हामी खुसी छौं। हामी अनगिन्ती व्यक्ति र समुदायहरूलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौं।
डाबर वाटिका न्याचुरलस् स्याम्पुले उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधानहरू भएको प्राकृतिक स्याम्पुहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। डाबर वाटिका प्राकृतिक स्याम्पु ३ प्रकारमा उपलब्ध छ– कालो कपालको लागि ब्ल्याक शाइन स्याम्पु, बाक्लो र लामो कपालको लागि थिक एण्ड लङ्ग स्याम्पु र डन्डीफरहित कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पु। प्रत्येक भेरियन्ट १० प्राकृतिक तत्वहरूले भरिपूर्ण छ ।