काठमाडौं, चैत १
सात राजनीतिक दल मिलेर २०६२–६३ सालमा १९ दिने आन्दोलन गरियो । आन्दोलन गर्नुको कारण थियोः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते लिएको सत्ता फिर्ता दिनुपर्ने । त्योबाहेक अन्य कुनै माग राजनीतिक दलको थिएन् । ‘जनताको नासो, जनतालाई नै फिर्ता’ दिनुपर्छ भनेर उनीहरु सडक संघर्षमा उत्रिएका थिए । सो आन्दोलनपछि राजाले खोसेको अधिकार फिर्ता दिए । विघटन गरेको संसद् व्यूताइदिए । २०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनको जंगलमा बसेको माओवादीलाई वार्तामा ल्याए । गिरिजाले भने,‘जनतामा जाऔं, जनताले जे निर्णय गर्छन् त्यही स्वीकार्औं । २०६५ जेठ १५ गते राजाले जनताको नासो, जनतालाई फिर्ता दिँदा सात दलले राजतन्त्र र हिन्दू राज्य हटाउने, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउने, नेपाललाई सात प्रदेशमा बाँड्ने भनेका थिएनन् । यो हुन्छ भन्ने जनताले कल्पना पनि गरेका थिएनन् । माओवादी जनयुद्धको नेतृत्व गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ चैत २८ गते भएको संविधान सभाको चुनावमा गए ।
१२१ निर्वाचन क्षेत्रबाट माओवादीले प्रत्यक्ष जित्यो । गिरिजाप्रसादलाई राष्ट्रपति दिने ‘ललिपप’ देखाएर राजतन्त्र हटाउने र राजालाई नागार्जुनको जंगल लखेट्ने निर्णय सदनबाट बहुमतका साथ पारित गरियो । राष्ट्रपति पाउने धोकोमा रहेका गिरिजाप्रसादले धोका पाए । उनले राष्ट्रपति नै दिएनन् । पहिलो संविधान सभाको चुनावबाट संविधान बनेन् । दोस्रो संविधान सभाको चुनावबाट मात्रै संविधान आयो । २०७२ असोज ३ गते नेपालको संविधान बन्यो । १९ दिने आन्दोलनमा साथ दिनुपछाडि जनताको कुनै ठूलो चाहना थिएन् । उनीहरुले त आफ्नो अधिकार मात्र मागेका थिए । नेताहरुले त जनतालाई झुक्काए । त्यत्रो आन्दोलन भयो, तर त्यसको उपलब्धि के भयो ? नेताहरुले आफ्नो राजनीतिक सिद्धान्त, विचार सबै प्रचण्डलाई लगेर बुझाएका छन् । प्रचण्डले जे भन्यो तिनले त्यही गर्छन् । सात राजनीतिक पार्टीको विश्वासले गर्दा राजा ज्ञानेन्द्र दरबार छोडेर नागार्जुनमा पुग्नुपर्यो ।
प्रचण्डले सबै पार्टीलाई घुमाएर आफ्नो स्वार्थ पूरा गरेका छन् । केही दिनअघि काँग्रेसको कार्यसमितिको बैठकमा एक जना नेताले हिन्दू राज्य चाहिन्छ भनि कुरा उठाए । त्यो कुरा उठ्नेबित्तिकै प्रचण्ड झस्किए । हिन्दू राज्यको नाम लिनेबित्तिकै राजा पनि चाहिन्छ भन्ने हुन् भनि उनी तर्सिए । त्यसबेला राजासँग वार्ता गर्दा त देशबाट राजतन्त्र हटाउने उल्लेख थिएन् । न हिन्दू व्यवस्था नै हटाउने भनिएको छ । पूर्व राजा ज्ञानेन्द्रले कहिलेकाही यो कुरा उठाइरहेका हुन्छन् । राजनीतिक दलहरुले धोका दिए, मैले त्यो सम्झौता सम्हालेर राखेको छु भनिरहेका हुन्छन् । देशमा लोकतन्त्र आएपछि राजनीतिक दलहरु मनमौजी भए । नाम जनताको, फाइदा नेता र तिनका कार्यकर्ताको । पहिले एउटा राजा थिए, अहिले हजारौं भएका छन् । जसका कारण जनता निराश बनेका छन् । नेताहरु व्यक्तिगत स्वार्थमा रमाउँदा पुनः राजाकै माग गर्न थालिएको छ । संघीयताको नाममा राज्यलाई आर्थिक भार पार्ने काम मात्रै भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त पहिल्यै संघीयता हुँदैन् भनेका थिए । तर, कसैले सुनेन् । प्रदेश आफ्नो कार्यकर्ता पोस्ने थलो बनेको छ । हाम्रोजस्तो सानो भूभाग र अर्थतन्त्र भएको देशलाई किन संघीयता चाहियो ? गाउँगाउँमा सिंहदरबार भनिएको छ, तर काम कतैबाट हुने होइन् ।
एउटा सानो काम लिएर पनि केन्द्र धाउनुपरेको छ । फोगट्टेको जनताले तिरेको कर खेर मात्र गइरहेको छ । अवस्था कस्तो बनिसक्यो कि राजाप्रति जनताको आस्था पुन पलाउन थालेको छ । कहीकतै राजा जाँदा जनताको भीड देखिन्छ । ‘राजा आऊ, देश बचाऊ’ सम्मको नारा घन्किसकेको छ । यो अवस्था किन आयो त ? नेताहरुको कारणले होइन् ? त्यत्रो संघर्ष गरेर ल्याइएको यो व्यवस्थाबाट जनताले के पाए ? मेडिकल माफिया दुर्गा प्रसाईंले पनि राजतन्त्रको लागि आन्दोलन गरे । उनको आन्दोलनमा धेरैले साथ दिए । राजा हट्ने बेलामा अधिकांशले उनले देश छोड्ने अनुमान लगाएका थिए । तर, उनले देश छोडेनन् । बरु, नागार्जुनको जंगलमा गएर बसे, अहिलेपनि बसिरहेका छन् । वर्तमान नेताहरु एक मीनेट पनि कुर्सी छोडेर बस्न सक्दैनन् । सत्ताको लागि यताउता टाँसिने काम जारी नै छ । सरकारबाहिर बस्नुपर्दा नेताहरुको सातो जान्छ । राजा त १५ वर्षदेखि दरबार बाहिर छन् ।
जंगलमा बसेका छन् भने उनीसँग धैर्य गर्न सक्ने शक्ति कति रहेछ, यहीबाट मूल्याङ्कन गर्दा हुन्छ । केही महिनाअघि राजाले एउटा कार्यक्रममा भने,‘मलाई दरबारबाट हटाएपनि म नेपालमै छु । देशको राजनीति मैले नजिकबाट नियालिरहेको छु ।’ प्रचण्डको काम जालझेल गर्ने मात्र हो ।
कांग्रेसलाई प्रचण्डले भर्याङ मात्र बनाएका हुन् । प्रचण्ड यहाँसम्म आउनुमा कांग्रेसको ठूलो भूमिका छ । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केही दिनअघि बोलेको कुरा अहिले निकै चर्चित छ । उनले भने,‘जंगलीलाई हामीले यहाँसम्म ल्याऔं । पहिले गिरिजालाई र अहिले हामीलाई धोका दियौं । यसको बदला हामी लिएर छोड्छौं ।’
उनले बोलेको कुरा समग्र कांग्रेसको हो । माओवादीको काम र प्रचण्डको व्यवहारबाट जनता आजित भइसकेका छन् । माओवादी सकिने देखिएको छ । प्रचण्डले सिद्धाउन खोजेका अरुलाई हो, तर आफैं सिद्धिए । पार्टीको पनि पतान भयो । माओवादीलाई जनताले विश्वास गर्दैनन् । न राजनीतिक पार्टीले प्रचण्डमाथि भरोसा गर्छन् । छेपारोले रंग फेरेभन्दा छिटो उनले गठबन्धन फेर्छन् । १० वर्ष जनयुद्धको नेतृत्व गरेको पार्टी यति छिटै जनताबाट नङ्गिन्छ भन्ने कुरा कसैले सोचेको पनि थिएन् । माओवादी यसरी पत्तासाफ हुन्छ भन्ने परिकल्पनासमेत गरिएको थिएन् ।
जालझेल गर्ने, अरुलाई धोका दिने, आफू सत्तामा पुग्ने तर काम केही नगर्ने । प्रचण्ड कहिले एमालेसँग मिल्छन्, कहिले कांग्रेससँग । उनले जनताका लागि होइन्, आफ्नो लागि जनयुद्ध गरेका रहेछन् भन्ने त प्रष्ट भइसकेको छ । प्रचण्डमाथि जनताको धेरै अपेक्षा थियो, तर उनी त्यसमा उत्रिन सकेनन् ।
जनताको हितमा काम गर्नुपर्ने प्रचण्ड सँधै आफ्नै परिवारभित्र अल्मलिए । आफ्नो सन्तानलाई कसरी माथि ल्याउने ? मै उनको ध्यान केन्द्रित भयो । नैराश्यता दिनहु बढ्दै छ । जनताले सरकारमाथि विश्वास गर्न सकेका छन् । विदेशीको अविश्वास बढिरहेको छ । देशमा केही छैन् भन्नेहरुको लहर छ । जनताले सरकारसँग केही मागेका थिएनन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार यति त हो । तर, सरकारले जनतालाई आधारभूत अधिकारसमेत दिलाउन सकेन् । गाउँगाउँमा सिंहदरबारको नाममा जनताले थेग्नै नसक्नेगरी ऋणको भारी बोकाइएको छ । एउटा कुखुरा पालेपनि कर तिर्नुपर्छ, अहिले । केन्द्रदेखि स्थानीय सरकारसम्म राजा छन् । वडाध्यक्ष, मेयरसमेत तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन् । प्रदेशका सांसदहरुको त कुरै छोड्दिऔं । २०६२–६३ सालसम्म विदेशी ऋण थिएन् । अहिले २७ खर्ब विदेशी ऋण पुगिसकेको छ । मँहगी, बेरोजगारी त्यस्तै बढेको छ ।
सबै नेपाली खाडी छिरिरहेका छन् । यहाँ रोजगारी नहुँदा नेपाली अर्काको देशमा भेडाबाख्राझैं बेचिएका छन् । कमाउन गएका नेपाली बाकसमा फर्किन्छन् । उनीहरुले घामपानी नभनिकन खटिएर पठाएको रेमिट्यान्सले जनप्रतिनिधिहरुले तलबभत्ता खाइरहेका छन् । जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । जनताले यसका लागि त जनयुद्ध गरेका थिएनन् । १७ हजार नेपाली नेताहरुले खाऊन् भनेर त शहिद भएका होइनन् । देश नाजुक अवस्थामा पुगिसकेको छ । छिमेकीेले नेपाल लैजान्छ भनि चर्चा चल्न थालिसकेको छ । यो अवस्था किन आयो, नेताहरुले गरेर होइन् ? राजाले खायो भनेर नेताहरुले हटाएको होइनन् ? खोइ के भयो त परिवर्तन ? एउटा राजा पाल्न मुश्किल पर्ने जनताको थाप्लोमा सयौं राजाको बोझ छ ।
अनुसा थापा
भक्तपुर