neapl investment mega bank
  • गृहपृष्ठ
  • फागुन २३ गतेका दिन शिव पार्वती रथ यात्रा हुने

फागुन २३ गतेका दिन शिव पार्वती रथ यात्रा हुने

Mar 4th, 2024

काठमाडौं, फागुन २१

यहि २०८० फागुन २३ गतेका दिन १४ औं शिव पार्वती रथ यात्रा हुने भएको छ । मानव कल्याण अध्यात्मिक प्रतिष्ठान, केन्द्रिय समिति परिवार र श्री कलममसी कल्पेश्वर महादेब तथा कालिकादेवी मन्दीर विकास समाजको संयुक्त आयोजनामा हुने शिव पार्वती रथ यात्रामा हजारौंको संख्यामा भक्तजनहरु सहभागी हुने भएका छन् ।

सो अवसरमा मानब कल्याण अध्यात्मिक प्रतिष्ठानद्धारा आयोजित विशाल शिव पार्वती रथ यात्रा तथा चाँगुनारायण नगरपालिकामा अवस्थीति १०८ फिट अग्लो कल्पेश्वर महादेब स्थापना स्थलमा समापन समारोह हुने भएको हो । सो दिन महामृत्यंजय होम, चिरशान्ति होम, पितृमोक्ष होम, कल्पेश्वर कार्यसिद्धि होम हुने म।नब कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले बताउनु भएको छ । सहभागी हुन चाहने भक्तजनहरुका लागि फागुन २३ गतेका दिन ललितपुरको बालकुमारी मन्दीरबाट विहान ८ बजेदेखि बसको सुविधा पनि गरिएको गुरुले बताउनु भएको छ ।

उहाँले सो दिन भक्तजनहरुका लागि रथयात्रा बिर्सजन समारोह स्थल कलममसीमा प्रसाद ग्रहणको व्यवस्था पनि गरिएको बताउनु भयो । मानव कल्याण प्रतिस्थानले भक्तपुरको कलममसीमा १ सय ८ रोपनी क्षेत्रफलमा कल्पेश्वर महादेवको १०८ फिट अग्लो मुर्ति बनाइरहेको छ । ाथै सो क्षेत्रमा प्रतिष्ठानले बुद्ध, मायावती, बुद्धका ७ पाइला र १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मुर्ति समेत राखिन लागेको जनाएको छ । खासगरी हिन्दु धर्मावलम्बीहरुलाई धार्मिक प्रेरणा जगाउन र सो क्षेत्रमा धार्मिक पर्यटन प्रर्बद्धन समेत गर्न मुर्ति बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । मुर्ति निर्माण कार्य तीव्र रहेको र सोको उद्घघाटन आगामी दुई बर्ष भित्रै गरिने गुरुले बताउनु भएको छ ।