neapl investment mega bank
  • गृहपृष्ठ
  • गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक

Mar 3rd, 2024

काठमाडौं, फागुन २०

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । नेपालबाहिर अमेरिकामा बस्दै आउनुभएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आउनुभएको छ । ‘सबै खालका गीत गाउन मनपर्छ । मायाप्रेमका गीत, आधुनिक र लोक फ्युजन भएका गीत अलिक बढी गाएकी छु’, उहाँ भन्नुहुन्छ ।