neapl investment mega bank
  • गृहपृष्ठ
  • रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई हटायो

रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई हटायो

Feb 27th, 2024


काठमाडौं, फागुन १५

तीन प्रदेशका महामन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारीबाट हटाएको छ ।

फागुन ६ मा बसेको पार्टी सचिवालय बैठकले कोशी प्रदेशका महामन्त्री लालबिक्रम थापा, गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

थापा विद्यालयको जग्गा भाडा नतिरेको विवादमा परेका छन् भने थापा र खड्कालाई कार्यक्षमता कमजोर भएका कारण जिम्मेवारीबाट हटाइएको हो ।

सम्बन्धित प्रदेश समितिले स्पष्टीकरण सोध्दा चित्तबुझ्दो नआएपछि उनीहरुलाई हटाइएको हो ।