ललितपुर, फागुन १४
लामाटार स्थित सिस्नेरी स्कुलका विद्यार्थीहरूलाई बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । बालबालिका माथि कुनै हिंसा भएमा समयमा नै उजुरी दिन प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक बलराम श्रेष्ठ अनुरोध गरेका छन् ।
उनले भने – ‘बालबालिका माथि हुन सक्ने हिंसा तथा अपराध आफ्नो मान्छेबाट हुन सक्ने भएकाले तुरुन्तै सम्पर्क गर्ने ।‘
जनचेतनामूलक कार्यक्रममा निम्न विषयहरू प्रस्तुत गरेका छन् :
महालक्ष्मी नगरपालिका ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले प्रहरीसँग जति नजिक हुन्छ त्यतिनै समाज अगाडि बढ्न र अपराधी घटनाहरू हुन नदिन धेरै कुराहरूको मदत पुर्याउन सकिने बताए ।
यस्तै, विद्युतीय अपराध सम्बन्धी प्रस्तुतिकरण प्रहरी प्रभाग लुभुका प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकीले गरेका छन् ।