neapl investment mega bank
  • गृहपृष्ठ
  • डाेटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु

डाेटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु

Feb 11th, 2024

काठमाडौं, माघ २८
डाेटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा जिल्लाकाे शिखर नगरपालिका ११ तल्लीसात की चन्द्र देवी बाेहराकी ११ वर्षिय छाेरी बबिता बोहरा ‘बबी’ रहेकाे वडा कार्यालयले जानकारी दिएकाे छ ।

बालिकाकाे हिजाे शुक्रबार आफ्नै घरमा विद्युतकाे तार सर्ट भइ करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको उक्त वडाका वडा सदस्य रैभान सिं जाेरायलाले जानकारी दिएकाे छ । बालिका शुक्रबार स्कुलबाट घर फर्किएपछि करिब २ बजेकाे समयमा उनलाई करेन्ट लागेकाे हाे ।

उनी साेही ठाउँ तल्लीसात अबस्थित भुवनेश्वरी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेकी थिइन् । वडा सदस्य जाेराइलाका अनुसार उनका बुबाकाे करिव ७ वर्ष पहिले भारतमा राेजगारीकाे सिलसिलामा मृत्यु भएकाे थियाे ।

बबीकाे मृत्युसँगै परिवार शाेकमा डुबेकाे छ ।