ललितपुर, माघ २२
सजिलमान शाक्यलाई अविलम्व न्यायका लागि भोली जातीय समाजहरुको संयुक्त भेला गरेको छ । शाक्यलाई अविलम्व न्यायदिन दोषीलाई कारवाही गर्नका लागि भोलि मंगलबार दवाव मुलक कार्यक्रमको राखेको हो ।
ललितपुर महानगरपालिका ३ पुल्चोक स्थित होटल स्क्वायरमा पौडी खेल्दै गर्दा त्यहाँको स्वीमीङ्ग पुलमा विद्युत शटभै दुर्घटना भएको थियो । यस दुःखद् घटनाको कारणले गम्भीर घाईते भएकोले न्यायका लागि भोली बिहान ११ः०० बजे मंगलबजार कार्तिक डवलीमा भेला गरेको छ ।
उक्त भेलामा कालो पट्टि सहित मौन जुलुसमा सहभागी भई जिल्ला प्रशासन कार्यालयमा न्याय दिन अल्टिमेटम सहित ज्ञापन पत्र दिइने जनाएको छ । होटल स्क्वायर अगाडि पनि जुलुस समापन गर्ने कार्यक्रममा सरिक हुनुभई एकताबद्ध जनाई सहयोगका अनुरोध गरेका छन् ।
भेला शान्तिपूर्ण रुपमा हुने जनाएको छ ।