neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरका नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ

ललितपुरका नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ

Jan 24th, 2024

ललितपुर, माघ १०

नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।
नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय का अनुसार उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका छन् ।

घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।