काठमाडाैं, माघ ७
प्रिओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढ्यो । योसँगै सूचक २१५६.५१ बिन्दुमा पुग्यो । यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।
सो अवधिमा ५४ कम्पनीका १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भयो । जसमा कुल ३ सय ६८ वटा कारोबार भयो ।
यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको थियो । बाँकी कम्पनीको भाउ परिवर्तन भएन ।