ललितपुर, माघ ३
ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी हुँदा तीन भैसी मरेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१० टाहाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्तीमा पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा आगलागी भएको हो ।
आगलागीपछि छाप्रोमा ३ वटा भैंसी र अन्य सरसामान गरी १० लाख २३ हजार ३ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गोठमा पराललगायत सरसामान र आगो बाल्ने चुलो एकै ठाँउमा भएका कारण दुर्घटना भएको हो ।