काठमाडौं, पुस २६
ज्योति साहित्य प्रतिष्ठानले एक विशेष कार्यक्रम आयोजना गरी पाँच जना विशिष्ट व्यक्ति साहित्यहरूलाई सम्मान गरेको छ । प्रतिष्ठानको १७ औं वार्षिकोत्सवको अवसरमा विशिष्ट साहित्यकारहरूलाई सम्मान अर्पण गरेकाे हाे । ज्योति साहित्य सम्मान अर्पणमा घनश्याम राजकर्णिकार, प्रा डा भरतकुमार भट्टराई, श्री ओम् श्रेष्ठ रोदन, जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि विश्व कविः प्रा तुलसी दिवसले साहित्यलाई सम्मान गर्ने व्यक्ति तथा हुनुपर्ने बताए उनले भने -साहित्य आफ्नो भावनाहरू लेख्नुहोस्, कसैको अनुराेधमा लेख्ने हाेइन् । साहित्य जति लेख्नुहुन्छ त्याे उल्लेखनीय हुनुपर्ने विश्व कवि दिवसले बताए । यस्तै, कार्यक्रमका सभापति ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, शिखर कविः शैलेन्द्र साकार-विशिष्ट अतिथि र विभिन्न साहित्यकारहरू काे उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
साथै, उक्त कार्यक्रममा विभिन्न गजल तथा कविताहरू प्रस्तुत गरेका छन् ।