neapl investment mega bank
  • गृहपृष्ठ
  • वेथेगल टाेल विकास समितिकाे तेस्रो वार्षिक साधारण सभा

वेथेगल टाेल विकास समितिकाे तेस्रो वार्षिक साधारण सभा

Dec 23rd, 2023

ललितपुर, पुस ७
गाेदावरी नगरपालिका १२ ठेचाेमा वेथेगल टाेल विकास समितिकाे तेस्रो साधारण सभा भएकाे छ । वेथेगल टाेल विकास समितिकाे तेस्रो वार्षिक साधारण सभाकाे समुद्घाटन  प्रमुख अतिथि बागमती प्रदेशका माननीय सांसद रघुनाथ महर्जनले गरेकाे थियाे ।

कार्यक्रममा बाेल्दै माननीय सांसद रघुनाथ महर्जनले यस समितिलाई आवश्यक आर्थिक सहयाेगका साथ सरसल्लाह दिने प्रतिवतता दिए । उनले माननीय भएपछि धेरै सहयाेग हुने साेच नराख्न अनुराेध गरे । उनले भने – `आफ्नाे सरकार नभएकाेले धेरै बजेट ल्याउन सकेन ।´

वेथेगल टाेल विकास समितिका अध्यक्ष निर्मला क्षेत्रीकाे सभापतित्वमा भएकाे हाे । उनले आफू अध्यक्षकाे कार्यकाल भएसम्म सक्रिय भएर साथ र सहयाेग गर्ने बताउँदै १/२ वर्षमा धेरै परिवर्तन भएकाे अनुभव गर्न सकिने बताइन् ।

यस्तै, तेस्राे साधारण सभाकाे उपलक्ष्यमा ४ जना जेष्ठ नागरिककलाई सम्मान पनि सम्मान गरेकाे छ । सभा समुद्घाटन समारोहमा विभिन्न अतिथिहरू, सल्लाहकारहरु, पदाधिकारीहरु, आजीवन सदस्यहरू, टाेलवासीहरूकाे उपस्थितिमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे थियाे ।

यस टाेल विकास समितिमा १५५ जना घर सदस्य रहेकाे छ ।