neapl investment mega bank
  • गृहपृष्ठ
  • परिवर्तनका लागि सहकार्य नेपालद्वारा गीत तथा कविताबाट लैङ्गिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

परिवर्तनका लागि सहकार्य नेपालद्वारा गीत तथा कविताबाट लैङ्गिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

Dec 6th, 2023

ललितपुर, मंसिर २०

गोदावरी नगरपालिकाको भवनमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा लैङ्गिक हिंसा विरुद्ध गीत तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको आयोजना परिवर्तनका लागि सहकार्य नेपालले गरेको थियो । लैङ्गिक हिंसा विरुद्ध गीत तथा कविता वाचन कार्यक्रमले जनचेतना तथा सन्देशमूलक ल्याएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा उक्त कार्यक्रम गरिएको हो ।

यस प्रकारका कार्यक्रमहरूले समाजमा जागरूकता बढाउने र विशेष रूपमा महिलाहरू र बालबालिकाहरूलाई सुरक्षित बनाउने भएकोले यो १६ दिने अभियानको महत्त्व रहेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।

चापागाउँ प्रहरी वृत्तका प्रहरी निरीक्षक गम्भिर जंग थापाले लैङ्गिक हिंसाको परिभाषा, हिंसा कसरी हुने, हिंसा भएमा उजुरी गर्ने, यातनाहरु, समजायहरुको बारे जानकारी दिए ।

परिवर्तनका लागि सहकार्य नेपाल

परिचय
परिवर्तनका लागि सहकार्य नेपाल, महिलाहरुद्धारा स्थापित भई सन् २०१६ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता र समाज कल्याण परिषदमा आबद्ध रही सीमान्तकृत, विपन्न, जोखिम अवस्थामा रहेका महिला तथा बालबालिकाहरूको अधिकार र मर्यादाको प्रवर्द्धन र संरक्षणको लागि पैरवी गर्दै आएको एक अभियानमुलक गैर(सरकारी संस्था हो। मानव बेचबिखन, लैड्रिङ्कतामा आधारित हिंसा, संरचनागत विभेद, भेदभाव र दुर्व्यवहार विरुद्ध स्थानिय तथा राष्ट्रिय स्तरको निति निर्माण तह सम्म यस संस्थाले वकालत गर्दै आएको छ ।

लैङ्गिकतामा आधारित हिंसा, संरचनागत विभेद र मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि सुचना, शिक्षा, आर्थिक अवसर र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्न यस संस्थाले विशेष जोड दिंदै आएको छ ।

उद्देश्यहरू

समाजमा हुने लैङ्गिकतामा आधारित हिंसा, संरचनागत विभेद न्यूनिकरणका लागि महिला तथा किशोरीहरुको शिक्षा, न्यायमा पहुँच र राजनीतिमा अर्थपूर्ण सहभागिता बढाउन पहल गर्ने ।

सीमान्तकृत र विपन्न समूहका महिला र बालबालिकाहरूलाई यौन दुर्व्यवहार र शोषण मुक्त गराउन ज्ञान र सीपको विकास गर्दै आर्थिक अवसरहरु सिर्जना गर्ने ।

महिला र बालिकाहरूलाई यौन र प्रजनन स्वास्थ्य अधिकार बारेमा जनचेतना अभिवृद्धि गर्ने ।

आपतकालीन राहत सेवाहरूमा प्रकोप प्रभावित व्यक्तिहरूको पहुँच अभिवृद्धि गर्न उनीहरूलाई विपद न्यूनीकरण र अनुकूलन योजनाहरूमा सहभागी गराउने ।