काठमाडौं, मंसिर ५
युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पु¥याउँदा हामीले मानवीय तथा भौतिक क्षतिले हुने पीडा महसुस गर्यौ ।
विगतका अन्य प्राकृतिक प्रकोपहरूमा जस्तै गरी, लचिलो भावनाका साथ युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड रुपैयाँ योगदान गरेको छ ।
उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।