काठमाडौं, मंसिर ४
नेपाल राष्ट्र बैंकले आज (मंसिर ४ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।