neapl investment mega bank

कलाकार दुलालले गरे २०औं काग सम्मेलन

Nov 11th, 2023

काठमाडौं, कार्तिक २५

विगत १९ वर्षदेखि काग तिहारको दिन प्रत्येक वर्ष काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले (काग दाई) ले यसपटक पनि काग तिहारको अवसरमामा २० औं काग सम्मेलन गरेका छन् । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक सुरु भएसगै पहिलो दिन काग तिहारको अवसरमा दुलालले २०औं काग सम्मेलन गरिएको गरेका हुन् । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल (काग दाई)ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेहो हो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान करिब ४० मिनेटसम्म उनले कागलाई बोलाएका थिए र सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । मैले विगत १९ बर्षदेखी यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहाना हो उनले भने, काग सम्मेलन कर्ता कलाकार दुलालले भने । ‘यो रत्नपार्क क्षेत्रमा पहिलेका बर्षहरुमा जस्तो कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमि आएको छ ।’

दुलालले काग सम्मेलन पहिलो बर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र ईलाममा केहि बर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेको उनले बताए। । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष काग तिहार दिन काग जम्मा पार्ने गरेको उनको भनाई छ । उनी अघि भन्छन्, ‘कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ ।’ यसबर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या कम हुँदै गएको उनले बताए ।
सो अवसरमा राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालले विगतमा भन्दा आउँदा वर्षहरुमा कागको सखा काम हुँदै गएको बताए । उनी भन्छन्, ‘हामीपनि बिगत लामो समयदेखी रमेश दुलालजीसँगै छौं । कागको संख्यामा कमि आएको अनुभूति गरेका छौं ।’

दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ

यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सह आयोजना गरेको हो । साथै एसियामा गजल रेष्टुरेन्टको मुख्य प्रायोजन, ओशियन ब्राइट, शान्ति तथा ग्रामिण विकास केन्द्र (सिपाई), टप राजधानी रोधी क्लब, ओम तन्दुरी र होराईजन स्पाको सह प्रायोजन रहेको छ ।