neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल लाइफको नाफामा वृद्धिः पहिलो त्रैमासमा १५.७९ करोड नाफा

नेपाल लाइफको नाफामा वृद्धिः पहिलो त्रैमासमा १५.७९ करोड नाफा

Nov 11th, 2023

काठमाडौं, कार्तिक २५

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को पहिलो त्रैमाससम्ममा  उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको वृद्धि भएकोे छ । आर्थिक मन्दी बाट गुज्रीरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ ।

यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ७९.३३ करोड रुपैयाँ रहेकोछ जुन अघिल्लो आ.व.को अन्त्य सम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको अन्त्य सम्ममा करिव १६५ अर्ब ५२ करोड रुपैयाँ रहेको नचयकक ष्लकगचबलअभ अयलतचबअत ष्बिदष्ष्तिष्भक ५.८६ प्रतिशतले बढि करिव १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । महाबिपत्ती कोषमा १०२ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको अन्त्य सम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ । आश्विन  मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । 

प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको अन्त्यमा करिव १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ । कम्पनीले सूचना प्रविधिको विकाशलाई अंगिकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकाश गरि कार्यान्वयनमा ल्याई सकिएकोले आगामी दिनमा दावी भुक्तानी प्रक्रिया झन् सरल हुन गई ग्राहकहरु लाभान्वित हुने कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

अहिलेको विषम परिस्थितिमा जीवन बीमा बजारको लिडरको रूपमा आफुलाई स्थापित गराउन सफल यस कम्पनीले आश्विन मसान्त सम्ममा १० अर्ब ९३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । यसै गरी कम्पनीले आश्विन मसान्त सम्ममा १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ जुन समिक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि  नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको  रुपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभाबकारी रुपमा संचालन गर्न बिभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अबलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रबाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तरुप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।