ललितपुर, कार्तिक २२
महालक्ष्मी नगरपालिको आयोजनामा वडा स्तरीय कानुनी सचेतना तथा क्षमता अभिमुखीकरण कार्यक्रम सोमबार भएको छ । महालक्ष्मी नगरपालिका १ अन्तर्गत सामुदायिक भवनको सभा हलमा नगर उपप्रमुख लक्ष्मी महर्जनको सभापतित्वमा र नगर प्रमुख हरिगोबिन्द श्रेष्ठको प्रमुख आतिथ्यता भएको थियो । उक्त कार्यक्रममा अधिवक्ता सम्झना फुयालले कानुनी सचेतना तथा क्षमता अभिमुखीकरण सम्बन्धी प्रशिक्षण दिएका थिए ।
सो कार्यकक्रममा प्रसाकिय प्रमुख प्रदिप पौडेल, वडा न १ का वडा अध्यक्ष छिरिङ लामा, वडा न ५ का वडा अध्यक्ष कपिल के सि, वडा न ७ का वडा अध्यक्ष बाबुराजा महर्जन, वडा न ९ का वडा अध्यक्ष जय कृष्ण बोगटी, कार्यपालिका सदस्य, वडा सदस्यहरु, टोल सुधार समिति, टोल बिकास सस्था, क्लब लगायतको संघ सस्थाहरुको पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम २४ गते बिहिबार सकिनेछ ।