neapl investment mega bank
  • गृहपृष्ठ
  • मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि १ करोड ११ लाखको चेक हस्तान्तरण

मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि १ करोड ११ लाखको चेक हस्तान्तरण

Nov 6th, 2023

काठमाडौं, कार्तिक २०

भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । भाटभटेनीका तर्फबाट गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर गुरुङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।