neapl investment mega bank
  • गृहपृष्ठ
  • गाेदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

गाेदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

Nov 6th, 2023

ललितपुर, २० कार्तिक

ललितपुरको गाेदावरी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

पीडितको उद्धार, राहत र पुनर्स्थापनाको लागि आफ्नो विपद् व्यवस्थापन कोषबाट २५ लाख रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको हो । 

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा १५७ जनाले ज्यान गुमाइसकेका छन् । कराेडाैकाे भौतिक क्षति तथा सयौं संख्यामा घाइते भएका छन् ।