काठमाडौं, कार्तिक १९
देशभरबाट एक सय भन्दा बढि रेडियोलोजिस्टहरुको सहभागितामा अन्र्तराष्ट्रिय कार्डियोभास्कुलर तथा इन्र्टभेन्स्नल रेडियोलोजी सम्मेलन सम्पन्न भएको छ । रेडियोलोजिस्टहरुमा कार्डियाक इमेजिङको माध्ययमबाट विभिन्न रोगहरुको निदान गर्न अझ सबल बनाउन नेपाल मेडिसिटीले सो सम्मेलन शनिबार आयोजना गरेको हो । रेडियोलोजी, चिकित्सा क्षेत्रको एउटा विद्या हो जसले रोग निदान र उपचार गर्न इमेजीङ प्रविधिको प्रयोग गर्दछ । यसमा पनि इन्र्टभेन्स्नल रेडियोलोजी पद्यतीले बिना शल्यक्रिया इमेजिङको माध्ययमबाट उपचार गर्ने गर्दछ ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले विरामीहरुलाई सहज तथा दु्रत रुपमा सेवा प्रदान गर्न नेपाल मेडिसिटीले नयाँ प्रविधि तथा पद्यतीहरुको अद्यावधिक गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिना शल्यक्रिया प्रविधिबाटै उपचार गर्न पाउने सुविधा नेपालमा हुनु आफैमा सफलता हो । विश्वको स्वास्थ्य प्रणालीको दाँजोमा नेपाल कुनैपनि प्रविधि तथा सुविधामा पछाडी पर्न नदिन अस्पतालले काम गर्दै आएको छ ।” उहाँले काठमाडौं केन्द्रित अस्पतालहरुमा मात्र नभई देशका सबै अस्पतालहरुमा यस्ता सुविधा हुनुपर्ने साथै नेपाललाई अन्तर्राष्ट्रिय केन्द्र बनाउने कुरामा जोड दिनु भयो ।
त्यस्तै, अस्पतालका प्रिन्सिपल कन्सल्टेन्ट तथा रेडियोलोजी विभागका प्रमुख डा. राम कुमार घिमिरेले देशमा दक्ष जनशक्ति विकास तथा रेडियोलोजी विद्याका विभिन्न पक्षहरुलाई सवल बनाउन यस्तो किसिमका कार्यक्रम र अन्र्तराष्ट्रिय सहकार्यले मद्धत गर्ने बताउनुभयो । “यो कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालको उद्धेश्य अनुरुप शैक्षिक तथा व्यवहारिक तालिमको माध्यमबाट सहयोग गर्नेछ ।”
देशभरका रेडियोलोजिस्टहरुबाट रोगको पहिचान गर्ने पद्यती व्यापक अभ्यास भएतापनि इन्र्टभेन्स्नल रेडियोलोजीको अभ्यास भने कमै भएको पाइन्छ । रेडियोलोजिस्टहरुमा यसबारे अझ सबल र सक्षम गराउने आवश्यक सिप तथा ज्ञान बढाउन नेपाल मेडिसिटीले यो सम्मेलन आयोजना गरेको रेडियोलोजि तथा भास्कुलर इन्र्टभेन्स्नल रेडियोलोजी विशेषज्ञ डा. ओम विजु पन्तले बताउनुभयो । यस सम्मेलनले रेडियोलोजिस्टहरुमा उपचारको नयाँ सिप विकासहुने अपेक्षा गरिएको छ । सम्मेलनमा हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियाका रेडियोलोजी विभागका सहायक प्राध्यापक स्टेफेन हन्ट, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स्) का डीन डा. आशेष ढुंगाना तथा रेडियोलोजिस्ट डा. हेन्सन खड्काले इन्र्टभेन्स्नल रेडियोलोजीबारे विस्तृत जानकारी दिनुभयो ।
पहिलो सेसनमा दैनिक जिवनमा कार्डियाक एमआरआई विषयमा डा. निर्मल प्रसाद न्यौपाने, र डा. सौरभ झा, कोरोनरी सिटी एन्जियोग्राम विषयमा डा. भुवन कायस्थाले प्रस्तुती दिनुभयो । त्यस्तै, दोस्रो सेसनमा ‘सिटी अफ कनजेनिटल हार्ट डिजिज’मा हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियाका हेल्थ इक्विटी लिडरसिप ट्रयाक रेडियोलोजी रेजिडेन्सिका डाइरेक्टर डा. अबास नुर, र ‘एमआरआई आफ कार्डियाक मास’मा सहप्राध्यापक डा. शैरभ झाकोे प्रस्तुती रहेको थियो । यो सँगै अस्पतालले हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियासँग सहकार्य गर्ने योजना गरेको छ । पब्लिक–प्राइभेट पार्टनरशिप अन्र्तगत सम्झौता गरी देशका विभिन्न अस्पतालहरुमा इन्र्टरभन्स्नल रेडियोलोजी सेवा विस्तार गर्ने विषयमा छलफल गरिएको थियो ।