neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरले भुकम्प पीडितलाई ५० लाख सहयोग गर्ने निर्णय

ललितपुर महानगरले भुकम्प पीडितलाई ५० लाख सहयोग गर्ने निर्णय

Nov 5th, 2023

ललितपुर, कार्तिक १९

ललितपुर महानगरपालिकाकाले भूकम्पबाट पीडित परिवारको उद्धार, राहत र पुर्नबासको लागि नगद ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका रुकुम पश्चिम,जाजरकोट लगायतका जिल्लामा गएको विनाशकारी भुकम्पमा परी असङ्ख्य जनधनको क्षती भएको हुँदा भुकम्प पीडितहरुलाई राहत तथा उद्धारको लागि ललितपुर महानगरले ५० लाख दिने निर्णय गरेको हो ।

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा ६.४ रेक्टरको भुकम्प गएको थियो । भुकम्पबाट हालसम्म १५७ जनाको ज्यान गइसकेको छ, भने केही दर्जन घाइते भएका छन् ।