neapl investment mega bank
  • गृहपृष्ठ
  • भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्काे निर्णय

भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्काे निर्णय

Nov 5th, 2023

काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री मोहन बस्नेतले उपचारका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको जानकारी दिए ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ ।