neapl investment mega bank
  • गृहपृष्ठ
  • आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने

आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने

Nov 2nd, 2023

काठमाडौं, १६ कात्तिक ।

आजदेखि सरकारी कार्यालयहरू अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ । ३ महिनापछि भने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।