neapl investment mega bank
  • गृहपृष्ठ
  • ६.१ म्याग्निच्युडको भूकम्प,केन्द्रबिन्दु धादिङ

६.१ म्याग्निच्युडको भूकम्प,केन्द्रबिन्दु धादिङ

Oct 22nd, 2023

काठमाडौँ ५ कार्तिक

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। बिहान ७ः३९ बजे गएको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो।

भूकम्प बाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।