neapl investment mega bank
  • गृहपृष्ठ
  • निक्षेप फिर्ता गर्न नसकेपछि सिन्सियरमा निक्षेपकर्ताको भीड, घुस खाँदै थोत्रा ट्याक्सीमा गरिएको लगानीले सिन्सियरलाई दियो पीर !

निक्षेप फिर्ता गर्न नसकेपछि सिन्सियरमा निक्षेपकर्ताको भीड, घुस खाँदै थोत्रा ट्याक्सीमा गरिएको लगानीले सिन्सियरलाई दियो पीर !

Oct 21st, 2023

काठमाडौं, कार्तिक ४
राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड को–अपरेटिभ लिमिटेडले निक्षेपकर्ताको निक्षेप फिर्ता नगरेको व्यापक गुनासो आइरहेको छ । शेयर होल्डर र निक्षेपकर्ताहरु निक्षेप फिर्ता लिन सिन्सियरमा लाइन लागेका छन् । सिन्सियरले आफ्नो सबै कर्जा लगानी थोत्रा, पूराना र कबाडी ट्याक्सीमा गरेको छ । ट्याक्सीवालाहरुले कर्जा नतिरेपछि सिन्सियरलाई निक्षेप फिर्ता गर्न सकस परेको बुझिन्छ । वि.सं २०५७ मंसिरमा दर्ता भएको संस्थाको विगतदेखिको कर्जा लगानीको क्षेत्र भनेकै ट्याक्सी हो । सिन्सियरले पहिल्यैदेखि ट्याक्सीमै लगानी गर्दै आएको छ । ट्याक्सीमा लगानी गर्नुपछाडिको कारण त बजारका अधिकांशलाई थाहा नै छ । ट्याक्सी चालकदेखि व्यवसायीलाई सिन्सियरका अध्यक्षदेखि लिएर कर्मचारीसम्म ‘घुस्याहा’ हुन् भन्ने कुरा राम्रोसँग जानकारी छ ।

घुस पाउने भएकाले सिन्सियरले त्यसमै कर्जा लगानी गरेको हो । उपत्यकामा ९ हजार ट्याक्सी छ । ट्याक्सी व्यवसायसँग जोडिएकालाई सिन्सियरको बारेमा सोधपुछ गर्ने हो भने उनीहरुले सहजै भनिदिन्छन् । सिन्सियरको चोर रणनीतिबारे धेरै पीडित भएका छन् । सिन्सियरले १५ लाखको ट्याक्सीलाई १० लाख त कर्जा नै दिन्छ । कर्जा दिँदा दुई प्रतिशत सेवाशुल्क लिन्छ ।
जबकी सेवाशुल्क एक प्रतिशत मात्रै लिन पाइन्छ । यता, घुस त हिसाब गर्नै बाँकी छ । वर्षैपिच्छे कर्जा नवीकरण गर्न लगाउँछ । कर्जा तिर्ने अवधि सात वर्षको हुन्छ, नवीकरण भने हरेक वर्ष गर्न लगाउँछ । सिन्सियरको ठग्ने चलाखी, ब्याज भन्ने बेलामा १६ प्रतिशत तर हिसाब गर्दा ४८ प्रतिशत हुन आउँछ । ऋण चुक्ता गर्दा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ । गाडीको बीमा गराएर पनि कमिशन खान्छ । पेनाल्टी, जरिवाना भन्दै हिसाब नै गडबड गराइदिन्छ । तीन किस्ता नतिर्नेबित्तिकै धितो नै तान्ने प्रवृत्ति सिन्सियरको छ । घुस पनि खुवाऊँ, सेवाशुल्क पनि तिर अनि तीन किस्ता तिर्न नसक्नेबित्तिकै धितो पनि गुमाऊँ । ठगेर कमाउन पनि कति जानेका । सिन्सियरबाट कमाइसकेपछि कुनैले बैंक खोले त कुनैले सहकारी । सिन्सियरमा बस्दा घुस खान सिकिहाले । अनि आफ्नै संस्था खोलेर ठगीधन्दा चलाउन थाले ।

सिन्सियरबाट एकचोटि कर्जा लिएकाले अर्कोचोटि लिँदैन् । किन कि एकचोटि मै ऋणीले चेतिसकेको हुन्छ । सिन्सियरले जहिलेपनि नयाँ नयाँ ऋणी खोज्छ । किन कि नयाँ ऋणीलाई ‘मुर्गा’ बनाउने र फसाउन सहज हुन्छ । सिन्सियरबाट ऋण खाने हजारौं विस्थापित भए । उनीहरु सडक छाप नै भए । करोडपतिलाई सिन्सियरले रोडपति बनाएको छ । सिन्सियरले विगतदेखि नै कानुन लत्याउँदै आएको छ । तर, कानुनले उसैलाई नछोएको अवस्था छ । धितो खानलाई सिन्सियरले कतिसम्म गर्छ ? यसको बयान गरिसाध्य छैन् । सिन्सियरले धितो लिलाम गर्नुअघि राष्ट्रिय पत्रिकामा सूचना निकाल्दैन् । जबकी कानुनमा स्पष्ट रुपमा ऋण चुक्ता गर्ने ३५ दिने सूचना निकाल्नुपर्ने भनि उल्लेख छ । समय नै नदिईकन धितो खान मिल्छ ? पहिलो त राष्ट्रिय पत्रिकामा सूचना निकाल्नुपर्यो ।

त्यसपछि ऋणीलाई ऋण तिर्ने म्यादसहितको चिठी पठाउनुपर्यो । ऋणीलाई जानकारी नगराईकन धितो आफ्नो कब्जामा ल्याउँछ, सिन्सियरले । सिन्सियरका सञ्चालक यति बाठा छन् कि पहिले नै नेपाली कागजमा ऋणीलाई हस्ताक्षर गर्न लगाएर राखेका हुन्छन् । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै सो कागजमा आफ्नो मनगढन्ते कहानी लेख्छन् अनि धितो आफ्नो नाममा ल्याउँछन् । धितो नामसारीका लागि ऋणी सम्बन्धित कार्यालयसम्म जानैपर्दैन् । सिन्सियरले विगतदेखि नै गुण्डा पालेर राखेको छ । गुण्डा लगाएर बीच बाटोबाटै ट्याक्सी तान्ने, धम्काउने, तर्साउने त सिन्सियरको चलनचल्ती नै बनिसकेको छ । सिन्सियरसँग कारोबार गरेकाहरु पेनाल्टी र ब्याज तिर्दै हत्तु हुन्छन् । किस्ता तिरेको रकमले साँवा घट्दैन्, पेनाल्टी र ब्याजमै ठिक्क हुन्छ ।
ऋणीले किस्ताको पैसा तिर्छन्, सिन्सियरले बचत खातामा हालिदिन्छ । बचतमा हालिदिएपछि पेनाल्टी भन्दै खान पाइयो नि त ।

खाताबाट रकम हराउने गरेको गुनासो पनि निक्षेपकर्ताले गर्दै आएका छन् । पहिलेदेखि दादागिरी देखाउँदै आएको सिन्सियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परिसकेको छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का, कर्जा अधिकृत मीरा कर्माचार्यले घुस खाएर अंकुत सम्पत्ति जोडेको र राजश्व छली गरेको उजुरीपत्रमा उल्लेख छ । सिन्सियरमा ट्याक्सी राखेर कर्जा लिनेहरु भन्छन्,‘हामीले २०१६ मोडलको ट्याक्सी राखेर १९ लाख रुपैयाँसम्म कर्जा लिएका छौं ।’ १६ मोडलको ट्याक्सीको बजारी मूल्य २२–२३ लाख रुपैयाँ छ ।
सरकारले नयाँ ट्याक्सी र फोस्टक टेम्पोको दर्ता खोल्न प्रक्रिया अघि बढाइसकेको छ । नयाँ दर्ता खुल्नेबित्तिकै १६ मोडलको ट्याक्सी तीनदेखि चार लाख रुपैयाँमा आउँछ । सिन्सियरले २००३, २००४, २००५, २००६, २००७ मोडलको ट्याक्सीबाट ११ देखि १५ लाख रुपैयाँ कर्जा उठाउनु छ । २० वर्षे पूराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट अहिले एक लाखदेखि तीन लाख रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नम्बर प्लेटको यति आउँछ, ट्याक्सीको बडी त १५ हजार रुपैयाँमा पनि कबाडीले लिन मान्दैन् । सरकारले नयाँ दर्ता खोल्नेबित्तिकै स्क्रयाब गरेको नम्बर प्लेट काम लाग्दैन् । किन कि नम्बर प्लेट त सित्तैमा पाइन्छ । विगत चार दशकदेखि सरकारले नयाँ ट्याक्सी र फोस्टक टेम्पोको दर्ता खोलेको छैन् । यसकै फाइदा सिन्सियरले उठाउँदै आएको थियो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ ट्याक्सीको दर्ता खोल्ने प्रक्रिया अगाडि बढाएको छ । काठमाडौं उपत्यकामा ट्याक्सीको संख्या नौं हजार छ । तर, जनसंख्या त करोड बराबर छ । ट्याक्सी अपुग भयो, राज्यलाई राजश्व आएन्, ट्याक्सी चलाएर मुलुकमै रोजगार गर्छुभन्दा पनि नपाएको भन्दै सर्वसाधारणले गुनासो गरेपछि सरकारले दर्ता खोल्न लागेको हो । सरकारले नयाँ दर्ता खोल्नेबित्तिकै अहिले बजारमा सञ्चालित ट्याक्सीको मूल्य स्वाटै घट्छ । ट्याक्सी व्यवसायीहरुले सिण्डिकेट लगाउने, बाटो कब्जा गर्ने र सर्वसाधारण ठग्ने काम गरिरहेका छन् ।

जुन चाँडै अन्त्य हुँदैछ । २० वर्षे पूराना ट्याक्सीको सट्टापट्टामा दुई सय बढी विद्युतीय ट्याक्सी आइसकेका छन् । ती ट्याक्सी काठमाडौंका सडकमा गुड्न थालिसकेका छन् । नयाँ दर्ता खोल्नेबित्तिकै ३८ लाखमा त्यो ट्याक्सी पाइन्छ । नम्बर प्लेटको मूल्य जोडिँदा त मँहगो परेको हो । नयाँ ट्याक्सीको दर्ता खोल्दा सर्वसाधारणलाई मात्र होइन्, राज्यलाई पनि फादा छ । ट्याक्सीको संख्या बढ्छ । खुल्ला प्रतिस्पर्धा हुन्छ । यात्रुले चाहिएको बेलामा ट्याक्सी पाउँछन् । पैसा तिरेअनुसार सेवासुविधाको उपयोग गर्न पाउँछन् । राज्यलाई ट्याक्सीको दर्ता गर्दा राजश्व आउँछ । मुलुकमै रोजगारी गर्छु भन्नेले पनि पाए । अहिले त पूरानै ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी हाल्ने, नम्बर प्लेट खरिदबिक्री गर्ने अनि त्यसको पनि पैसा जोडेर यात्रुलाई लुट्ने काम भइरहेको छ । यो कार्य बन्द हुन अत्यन्तै आवश्यक छ । बागमती प्रदेशमा १३ वटा जिल्ला छ । तर, ट्याक्सी त काठमाडौं उपत्यकामा मात्रै छ । अन्य जिल्लाका जनताले हामीलाई पनि ट्याक्सी चाहिन्छ भनेर आवाज उठाइसकेका छन् । सिण्डिकेटको सख्त प्रतिवाद गर्ने तयारीमा छन्, सर्वसाधारण । उपत्यकाबाहिर पनि जनसंख्या ह्वात्तै बढिसकेको छ । त्यो भएकाले त्यहाँ ट्याक्सीको खाँचो देखिएको छ ।

निजी प्लेटका सवारी साधनले लिइरहेको मँहगो भाडा तिर्न सकिने अवस्था छैन् । जनताले त आवाज उठाइसकें, सँगसँगै अन्य प्रदेशका सांसद र स्थानीय जनप्रतिनिधिहरुले नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्ने आवाज उठाइसकेका छन् । सिन्सियरले धेरै ट्याक्सीमा लगानी गरेको छ । त्यो कर्जा उठाउन सिन्सियरलाई हम्मेहम्मे परेको छ । जसका कारण सिन्सियर नयाँ ट्याक्सीको दर्ता नखुलोस् भनेर लागिपरेको छ । सिन्सियरको कर्जा लगानी जोखिममा छ भन्ने थाहा पाएपछि निक्षेपकर्ताले निक्षेप राख्न छोडेका छन् । भएकालाई पनि निकाल्न हतारो परेको छ । सहकारीको हालत त सबैलाई थाहा नै छ । सहकारीहरु बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर रातारात भागिरहेको छ । निक्षेपकर्ताहरु आफ्नो रकम जोगाउन चलाख हुनुपर्ने बेला भएको छ ।
अनुसा थापा
भक्तपुर