neapl investment mega bank
  • गृहपृष्ठ
  • लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

Oct 16th, 2023

ललितपुर, असाेज २९

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश  मासु पसल, केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए । हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी गराए ।