काठमाडौं, असाेज २७
भक्तपुरकाे बालकाेटस्थित धर्मेश्वर वचत तथा ऋण सहकारी संस्थाको१६ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष प्रकाश लामिछानेकाे सभापतित्वमा र बरिष्ठ समाजसेवी रोहित बहादुर रानाक्षेत्रीकाे प्रमुख अतिथिमा धर्मेश्वर सहकारीकाे १६ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका, २ नं. वडा कार्यालय, प्रशासकिय प्रमुख कासुला, जेष्ठ नागरिक सेवा समाज, बालकोटका अध्यक्ष चन्द्र प्रसाद उप्रेती, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, सल्लाहकारकाे उपस्थिति रहेकाे थियाे ।