काठमाडौं, असोज २५
नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय नक्सालमा सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त ग¥र्यो ।
साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित ग¥र्यो । यसैका साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान ग¥यो ।
उक्त समारोहमा संस्थालाई योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत ग¥र्योे । फेडेरल विश्वकै प्रतिष्ठीतUnited Registrar of Systems (URS), United Kingdom बाट ISO 9001:2015 गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिन्हले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदि मजवुत रहेको पुष्ठी गर्दछ ।