काठमाडौं, असाेज २५
नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
।