neapl investment mega bank

दुर्गा प्रसाईंलाई कालोमोसो

Oct 9th, 2023

काठमाडाैं, असाेज २२

विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् ।

काठमाडौंको एक होटलमा प्रसाईं दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन् ।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए। आज उनैलाई कालोमोसो दलिएको हो ।