काठमाडौं २२ असोज
इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासका अनुसार आक्रमणमा परी निधन भएका विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए।
एक महिनाअघि उनीहरू ुपढ्दै कमाउँदैु कार्यक्रमबाट इजरायल गएको दूतावासले जनाएको छ ।
दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ ।
दूतावासका अनुसार घटनामा १० जनाको मृत्यु भएको छ भने तीन जना उपचाररत, तीन जना सकुल र एक जना सम्पर्कविहीन रहेका छन् ।
गाजानजिकै किब्बुज भन्ने ठाउँको आलुमिम फार्ममा प्रशिक्षणका लागि १७ जना विद्यार्थी सँगै थिए। प्रशिक्षण भइरहेका बेला प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेर एक जना बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चार जना घाइते छन्, उनीहरूको उपचार भइरहेको छ। १० जनाको भने मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।
दूतावसले हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत सबैलाई आह्वान गरेको छ ।
https://www.facebook.com/npl.embassy.tlv
हार्दिक श्रद्धान्जली !
“Learn and Earn” कार्यक्रममार्फत् गत महिना मात्रै ईजरायल आइपुग्नुभएका मध्ये दक्षिणी इजरायलको Sedot Negev Agriculture Center अन्तर्गत Kibbutz – Alumim farm मा प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समुहको आक्रमणमा परी दुःखद निधन भएका १० जना सहित सो घटनामा परी घाइते हुनुभएका/अस्पतालमा उपचाररत लगायतका नेपाली विद्यार्थीहरुको पछिल्लो/अद्यावधिक विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको व्यहोरा हार्दिक अनुरोध छ।
दु:खको यस घडीमा हामी मृतक विद्यार्थीहरुको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं, शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुग्नुभएको छ। उद्धारको पर्खाइमा रहनुभएका बॅाकी नेपाली विद्यार्थी अनि श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र ईजरायलवासी नेपाली समुदायसॅगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चॅाजो मिलाएर नेपाल पठाउने दिशामा गृहकार्य भइरहेकोले हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुनुहुन समेत सम्बन्धित सबैलाई पुनः आह्वान गर्दछौं।
आक्रमणको मुख्य निशानामा परेको Kibbutz Alumim मा आवद्ध १७ जना नेपाली विद्यार्थीहरुको विवरणः
क्र.सं. राहदानी नं नाम थर अवस्था/स्थिति
१. BA0046756 आनन्द साह निधन
२. BA0050744 नारायण प्रसाद न्यौपाने निधन
३. PA1832545 लोकेन्द्र सिंह धामी निधन
४. BA0133670 राजेश कुमार स्वर्णकार निधन
५. PA1869615 गणेश कुमार नेपाली निधन
६. PA1773440 दिपेश राज विष्ट निधन
७. BA0017890 राजन फुलरा निधन
८. BA0017892 पदम थापा निधन
९. PA1560328 प्रवेश भण्डारी निधन
१०. PA1651757 आशिष चौधरी निधन
११. PA1848403 विपिन जोशी अज्ञात
१२. विधान सेजुवाल उपचाररत
१३. BA0079958 हिमांचल कट्टेल उपचाररत
१४. 12482178 प्रविण डाँगी उपचाररत
१५. धन बहादुर चौधरी सकुशल (उपचार पश्चात्)
१६. विरेन्द्र चौधरी सकुशल
१७. 12388817 प्रमोद के.सी. सकुशल
– नेपाली राजदूतावास,
तेल अबिब, ईजरायल।