ललितपुर, असाेज २१
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । उनले ६ सय ५९ मतसहित निर्वाचित हुनु भएको हो भने उनका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५ सय ४२ र अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २ सय २८ मत ल्याउनु भएको छ ।
संघको ४४ औँ वार्षिक साधारणसभा पश्चात हिजो भएको निर्वाचनबाट विश्वराज बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा शुसन महर्जन, उपाध्यक्षहरूमा आपुलाल अवाले, सुनील शाक्य, रमेश सिं महर्जन निर्वाचित हुनु भएको छ । त्यस्तै, महासचिवमा भूमिनन्दन कर्माचार्य, कोषाध्यक्षमा राजु महर्जनसहित १५ जना सदस्य निर्वाचित भएका छन् ।