ललितपुर, असाेनज २१
ललितपुर उद्योग बाणिज्य संघमा विश्वराज बज्रचार्य विजयी भएका छन् ।
बज्राचार्यले १ सय १३ मत धेरै ६ सय ५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिश्पर्धी रुपकमान महर्जनले ५ सय ४२ मत पाए । रविन्द्ररज ताम्राकारले २ सय २८ मत पाए ।
बन्दसत्रपछि नयाँ नेतृत्व चुन्न विहान ८ बजेदेखि ३ बजेसम्म स्टाफ कलेज जावलाखेलमा मतदान भएको थियो । साँझ ६ बजेबाट मत गणना भएर मध्यरातको १२ बजे नतिजा घोषणा गरिएको थियो ।