neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाको वेथिति, कर्मचारी र वडअध्यक्षबीच बजेट बाँडफाँटको बिषयलाई लिएर कुटाकुट

महालक्ष्मी नगरपालिकाको वेथिति, कर्मचारी र वडअध्यक्षबीच बजेट बाँडफाँटको बिषयलाई लिएर कुटाकुट

Oct 3rd, 2023

ललितपुर १६ असोज

ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको प्रशासनिक तथा व्यवस्थापकिय कमजोरीका कारण दैनिक कामकाज अस्तव्यस्त भएका छन् भने कर्मचारीहरु र जनप्रतिनिधिबिच कुटाकुट भएको छ । नगर प्रमुख हरिगोबिन्द श्रेष्ठको अपारदर्शी र विभेदपूर्ण कार्यशैलीका कारण प्रशासनमा वेथिति देखिनुको साथै कर्मचारीहरु र जनप्रतिनिधिका मनमुटाव भएको बताइएको छ ।

नगरपालिकाको बजेट बाँडफाँटको विषयमा विवाद हुँदा वडा नं ४ का वडा अध्यक्ष अमृत खत्रिले इन्जिनीयर सुरेस डंगोललाई कुटपित गरेका छन् । खत्रिले बजेटको विषयमा विवाद हुँदा कार्यक्षेत्रमै इन्जीनियर डंगोलमाथि हातपात गरेको स्रोतले बतायो । स्रोतका अनुसार नगरप्रमुखले अपारदर्शी र विभेदपूण तवरले कार्यसम्पादन र बजेट बाडफाँट गरेका कारण जनप्रतिनिधि र कर्मचारीहरुमा असन्तुुष्टी बढेको थियो । सोही विषयमा उनीहरुबिच झगडा भइ हातपात समेत भएको हो ।

महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी लवप्रसाद गुप्ताले कार्यक्षेत्रमै कर्मचारीहरु र जनप्रतिनिधिका मनमुटाव तथा कुटपिट हुनु दुःखद भएको बताए । उनले आन्तरिक विवाद समाधान गर्न न्यायोचित पहल गर्ने बताए ।