neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार !

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार !

Oct 2nd, 2023

काठमाडौं, असाेज १५

नेपाली बजारमा सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।