काठमाडौं, असाेज १४
पेट्रोलियम पदार्थको मूल्य साविककै कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्री दाहालले पूरानै मूल्यमा कारोबार गर्न निर्देशन दिइसकेको जानकारी दिएकी हुन् ।
उनका अनुसार मूल्य समायोजन प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य तोकिदै आएपनि चाडर्पवको अवसरमा मूल्य वृद्धि भएकाले पहिलेकै मूल्यमा कारोबार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २,डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो ।
यस्तै, हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ।