काठमाडौं, असोज १२
आज २९ सेप्टेम्बर अर्थात् विश्व मुटु दिवसको अवसर पारेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आज शुक्रबार साँझ फेसबुक लाइभमार्फत विश्व रेकर्ड कायम गर्ने प्रयास गर्दै छन् । मुटुरोगको रोकथामसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले फेसबुक लाइभमार्फत मुटुरोग तथा उच्च रक्तचापका बारेमा डा. ओम मूर्ति अनिलले सचेतनामुलक प्रस्तुति दिई विश्व रेकर्ड कायम गर्ने प्रयासको तयारी गरेका हुन् ।
आज शुक्रबार बेलुका ७ ः १५ बजेदेखि डा. अनिल आफ्नो फेसबुक पेजमार्फत आधा घण्टा लाइभ प्रस्तुत हुनेछन्। डा. अनिलको लाइभ चलिरहँदा ५ हजारभन्दा बढी दर्शक एक साथ सहभागी भए मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामा विश्व रेकर्ड कायम हुनेछ ।
मुटुरोग रोकथामका निम्ति लामो समयदेखि जनचेतनामुलक अभियान जारी राखेका डा. ओम मूर्ति अनिलको यस अभियानमा स्वदेश तथा विदेशका नेपालीले सहभागिता जनाउनका निम्ति विभिन्न संघसंस्था तथा सामाजिक अभियान्ताहरुले आह्वान गरेका छन् ।