neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ‘प्रचण्ड’ ल्हासामा, यास्ता छन् कार्यक्रम

प्रधानमन्त्री ‘प्रचण्ड’ ल्हासामा, यास्ता छन् कार्यक्रम

Sep 27th, 2023

काठमाडौ १० असोज

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् ।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेको बताइएको छ ।

उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ ।

उनले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गरी ल्हासामै बस्नेछन् ।

उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।