काठमाडौं, असाेज ५
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।