neapl investment mega bank

आज ऋषि पञ्चमी पर्व मनाइँदै

Sep 19th, 2023

काठमाडौं, असाेज २

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइने गरिन्छ । 

आज बिहानै उठेर महिलाले स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गर्छन् । त्यसपछि सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।