ललितपुर, भदौ २९
बाल दिवसको अवसरमा गोदावरी नगरपालीका महिला तथा वालवालिकाशाखाको समन्वयमा बलबालिकामा लगानी सुनिश्चित भविष्यको थालिनी भन्ने नाराको साथ विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
गोदावरी नगरपालीका वडा नं. ३,४, १३ को श्री किटीनी मा.वी, श्री पथप्रदशक मा वि, श्री नवज्योती मा. वि र श्री जनविकास मा.वि को सहभागीतामा चित्रकला (४ र ५कक्षा) हजिर जवाफ (६,७ र ८ कक्षा) र वक्तृत्व कला (९र १० कक्षा) आयोजना सम्पन्न भयो। गुड नेर्वस इन्टरनेशनल नेपालको अर्थिक तथा प्राविधिक सहयोगमा लेले समुदायिक विकास केन्द्रको मुख्य आयोजनमा आयोजित कार्यक्रम श्री किटीनी मा वि को प्राङ्गणमा सम्पन्न भयो।

चित्रकला प्रतियोगतामा श्री विपुल पहरी (श्री पथप्रदशक मा वि) प्रथम, श्री श्रेया महत (श्री किटीनी मा.वी) द्वितिय र श्री
सुस्मीता मोक्तान (श्री नवज्योती मा. वि) तृतिय हुन सफल भए। साथै हाजिर जवाफ प्रतियोगतामा श्री किटीनी मा.वी प्रथम,
श्री नवज्योती मा.वि द्वितिय र श्री पथप्रदशक मा वि तृतिय हुन सफल भए। यस्तै, वक्तृत्व कला श्री प्रगती जैसी प्रथम (श्री
किटीनी मा.वी), प्रथम, श्री जमुना पहरी (श्री पथप्रदशक मा वि) द्वितिय र श्री सुरेन्द्र राना (श्री नवज्योती मा. वि)तृतिय हुन
सफल भए।
उक्त कार्यक्रमा वक्तवय राख्दै लेले समुदायिक विकास केन्द्रका का परियोजना अधिकृत श्री सुवास वस्नेतले धन्यवाद ज्ञापन
गर्नु भएको थियो। कार्यक्रम समापनको क्रममा कार्यक्रम सभा अध्यक्ष श्री दिनेश कुमार थापा (साहायक प्र.अ–श्री किटीनी
मा.वी) ले वालवालिकाको चौतर्फी विकास को लागी लेले समुदायिक विकास केन्द्रको र गुड नेर्वस इन्टरनेशनल नेपालको
सहयोग यस गोदावरी नगरपालिकामा अहम रहेको उल्लेख गर्दै सहभागी एवं पुरस्कृत भएका सम्पुर्ण बालबालिका वाधाई
दिनुभयो।
