काठमाडौं, भदाै २७
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि १५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।